काठमाडौं । सरकारमा रहेको मुख्य दल नेपाली कांग्रेसले संसदमा एमसीसी टेबुल गर्ने दिन आज (बुधबार) साना ६ कम्युनिष्ट पार्टीले यसविरुद्ध नेपाल बन्दको घोषणा गरेका छन्।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा माओवादी केन्द्र समाजवादीले संयुक्त रूपमा नेपाल बन्द गरेका छ्न।
विवादित बनिरहेको एमसीसीबारे भने सत्तासीन नेकपा (माओवादी) ले कांग्रेसले मात्र निर्णय गरेर नहुने बताइरहेको छ।


