एजेन्सी -भारतमा १४ वर्ष अघि भएको एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा विशेष अदालतले संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । त्यस्तै अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ ।
सन् २००८ मा अहमदावादमा भएको बम विष्फोटको घटनामा ७७ जना आरोपी थिए । आरोपी मध्ये ४९ जनालाई अदालतले दोषी ठहर गरेको छ । यस घटनामा २८ जनाले भने सफाइ पाएका छन् ।
अदालतमा १३ वर्षदेखि चलेको सुनुवाइको क्रममा १ हजार १६३ जनाको बयान लिइएको थियो । प्रहरी र कानुन व्यवसायीहरुले ६ हजार भन्दा बढी प्रमाण जुटाएका थिए ।
न्यायाधीश अम्बालाल पटेलले ६ हजार ७५२ पानाको फैसलामा ४९ आरोपीलाई दोषी ठहर गर्दै सजाय सुनाएको भारतीय टेलिभिजन च्यानल आजतकले जनाएको छ ।
सन् २००८ जुलाई २६ तारिखको दिन अहमदावादको मणिनगरमा बम विष्फोटमा ५६ जनाको मृत्यु भएको थियो भने २०० बढी घाइते भएका थिए ।