महेन्द्रनगर- महाशिवरात्री पर्वको पुर्व सन्ध्यामा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ७ स्थित प्राचीन क्षिरेश्वरनाथ महादेव मन्दिर परिसरमा बृहत सरसफाई गरिएको छ ।
श्री क्षिरेश्वरनाथ धर्म संस्थाको आयोजनामा गरिएको सरसफाई अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानिय बुद्धिजिवी, स्थानिय विद्यालयका विद्यार्थी र मन्दिर ब्यवस्थापन समितिका सदस्य लगायत एक सय बढीको सहभागीता रहेको थियो । अभियान अन्तर्गत मन्दिर परिसर, मन्दिर बाहिरको बाटाको चारै तिर सरसफाई गरिएको छ ।
सो अवसरमा क्षिरेश्वरनाथ नगरपालिका ७ का वडाअध्यक्ष राम किसुन यादवले महाशिवरात्री जस्तो महान पर्वमा संयुक्तरुपमा गरिएको सरसफाई अभियान निकै सरहानिय कार्य भएको बताए । उनले अभियानलाई पर्वको अवसरमा मात्र नभै सधै सफा र स्वच्छ राख्नु पर्ने बताए ।
सो अवसरमा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष ईश्वरी अधिकारीले महाशिवरात्रीमा मन्दिर परिसरमा सरसफाई अभियान चलाएर राम्रो काम गरिएको बताए । उनले आफुहरुले भक्तजनहरुलाई सजिलोगरी पुजाआजा गर्नकालागि समिति समेत गठन गरेको बताए ।
अध्यक्ष अधिकारीले मन्दिरको व्यवस्थापन र अझ व्यवस्थीत गर्नकोलागी जुन रुपमा स्थानिय, प्रदेश र संघ सरकारबाट सहयोग हुनुपर्ने हो त्यो रुपमा नभएर केही कठिनाई भएपनि हामी व्यवस्थापन समिति र स्थानिय बुद्धिजिवीहरुको सहयोगमा काम गर्दै आएको र आउने दिनमा अझ यो ठाउँलाई पयर्टकिय दृष्टीले अगाडी बढाउँदै जाने बताए।
त्यस्तै कार्यक्रममा उपस्थित क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष विनय साह मन्दिर लगायतको सार्वजनिक ठाउँहरुको पर्वको अवसरमा मात्र हैन कि अन्य दिन पनि सरसफाईमा निरन्तरता भए धर्मप्रतिको लगाव वढ्ने बताए।
संस्थाले महाशिवरात्रीको अवसरमा १६ गते विहान ८ बजे सरसफाई , १७ गते विहान ७ बजे देखि अष्ठजाम, विहान ८ बजे देखि रुद्री पाठ र फाल्गुन १८ गते १२ बजे सम्म साधु भोज र १ बजे देखि साधु विदाईको कार्यक्रम राखिएको व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले जानकारी दिए ।
कार्यक्रममा क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादव, उपाध्यक्ष विनय साह, महासचिव दिपक साह, सदस्य राज किशोर, पूर्व अध्यक्ष रामजी सिंह, इलाका प्रहरी कार्यलय महेन्द्रनगरका प्रहरी निरिक्षक वेचन यदवका टिम, समाजसेवी श्रीनरायण महासेठ, व्यवस्थापन समितिका सकृय कार्यकर्ता शम्भु घिमिरे, दर्शनिया रामेशवर सिंह कुशवाहा एकेडमी र गंगोत्री बोडिङ्ग स्कुलका विद्यार्थी, स्थानिय कलबका सदस्यहरु र क्षिरेश्वरनाथ नगरपालिकाका मेस्तर सहित गाडीको सहयोगमा सरसफाई गरिएको व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले जानकारी दिए ।
साथै कार्यक्रममा समुदाय प्रहरी साझेदारी लेखिएको व्यानर सहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक वेचन यादव उपस्थित विद्यार्थी, बुद्धिजिवीहरुको रोहवरमा समाजमा भइरहेको विभिन्न किसिमको घटनाहरुलाई सबैको सहयोगमा कसरी कमी ल्याउने विषयमा आफनो भनाईहरु राखेका दिए ।