महोत्तरी : महोत्तरी नेपाली कांग्रेसको सभापतिको शुक्रबार राती भएको गणनामा कुनै उम्मेदवारको मत ५१ प्रतिशत नपुगेपछि निर्वाचन दोस्रो चरणमा गएको छ । पहिलो चरणको मत मरिणाममा नागेश्वर यादवले १०११ मत ल्याउदै अग्र स्थानमा रहेका छन् ।
शुक्रबार भएको निर्वाचनमा कुल मतदाता दुई हजार दुई सय ७६ रहेकोमा सो मध्ये दुई हजार एक सय ३९ मत ९९४ प्रतिशत० खसेको हो । उक्त मतमध्ये नागेश्वर यादव अग्र स्थानमा रहँदै एक हजार ११ मत ल्याएका छन भने सभापतिका अर्का प्रतिद्वन्दी शुशील यादवले सात सय ७९ मत ल्याएका छन् । यता अर्का प्रतिद्वन्दी बजरंग नेपालीले कुल मतदानको जम्मा ३०६ मत मात्र प्राप्त गरेका छन् ।
अव दोस्रो चरणको लागि आज मतदान हुने नेपाली कांग्रेस जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । महोत्तरीको चारवटै क्षेत्रको सार्वजनिक भएको पहिलो चरणको मत परिणामले कुनै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेकोमा चुनाव दोस्रो चरणमा गएको हो ।
नेपाली कांग्रेसको जिल्ला निर्वाचन अधिकृत इन्द्र अधिकारीले चुनाव दोस्रो चरणमा गएको सुचना सार्वजनिक गरेका हुन । उनले शनिवार पुन: दोस्रो चरणको निर्वाचन हुने तयारी भइरहेको बताए । चुनावी प्रतिस्पर्धामा बजरंग नेपाली बाहिरिएकोमा अव नागेश्वर यादव र शुशील यादवबीच प्रतिस्पर्धा हुने छ ।
निर्वाचनमा तिनै सभापतिको उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आँकलन रहेकोमा मत परिणामले छुट्टै नतिजा ल्याउदै बजरंग नेपालीलाई तेस्रो स्थानमा झारेको हो । यता, अव हुने नागेश्वर यादव र शुशील यादव विचको दोस्रो चरणको निर्वाचनमा कसले वाजी मार्ला हेर्न रोचक हुने छ ।
तथापी शुशील यादवतर्फ मत आकर्षित हुन सक्ने केहि नेताको आँकलन छ । तर, नागेश्वर यादवले समेत सर्वाधिक मत ल्याएर पहिलो स्थान पाएकोमा चुनाव जित्न आफ्नो कसरत जारी राखेका छन ।


