जनकपुुरधाम- नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित भएका छन् ।
मंगलबार भएको निर्वाचनको आज बिहीबार सम्पन्न मतगणनाको अन्तिम मतपरिमाण अनुसार साह १०९ मतकाे अन्तरले निर्वाचित भएका हुन् । साहले एक हजार १८६ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी शत्रुद्यन यादवले १ हजार ७७ मत प्राप्त गरेका हुन् ।
सभापतिमा निर्वाचित साह संस्थापन इतर समूह डा. शेखर कोइराला पक्षका हुन् भने पराजित यादव संस्थापन पक्षका उम्मेदवार हुन् ।
सप्तरीमा यसअघि शनिबार भएको निर्वाचन विवादपछि स्थगित भएर मंगलबार सम्पन्न भएको थियो ।