
धनुषा- खेतमा लहैलहै गहुँको बाला लहलहाउँदैछ, अव केही दिनमै खेतमा पाक्दै गरेको गहँु घरमा भित्रयाउने योजनामा छ । खेती किसानी गर्ने किसानहरुको लागि खेत नै सवै थोक हो । खेतकै आम्दानीले वर्षभरि आवश्यकता टार्ने (शिक्षा, स्वास्थ्य, औषधी उपचार) को साथै जीविकोपार्जन गर्न किसानहरु दैनिक खेतमै विताउने गरेको छ ।
तर धनुषाको मुखियापटटी मुसहर्निया गाउँपालिका वडा नं. २ का ६० वर्षका किसान जिवछ यादव खेतमा लगाइएको गहुँ लहलहाउँदै गरेको देख्दा आफनो मन र मुटु दुख्ने गरेको बताउँछन् । गँहभरि आखाँमा आशु बोकेका जिवछ यादवसंग तत्कालिन श्री ५ को सरकार भुमि सुधार कृषि तथा खाद्य मन्त्रालयबाट जारी भएको जग्गा धनी नेपाली लालपुर्जाको प्रमाणपत्र छ । जग्गाधनी लालपुर्जा देखाउँदै किसान जिवछ यादवले २० जना सदस्य भएको घरपरिवार चलाउने यो खेतकै मुख्य आम्दानीको श्रोत रहेको तर अहिले जोतभोग गर्न नपाएकोले निकै समस्या भई रहेकाले दैनिक मजदुरी गरेर घर परिवार चलाउनुपर्ने बाध्यता भएको बताउनुभयो ।
मुखियापटर्टी मुसहर्निया–२ स्थित नेपाल भारतको सिमा क्षेत्रमा दशगज्जासंगै टासिएको जमुनी नदि पारि जिवछ यादवको एक विगहा (२० कठठा) जग्गा छ । हातमा लालपुर्जा छ, वार्षिक रुपमा नेपाल सरकारलाई जग्गाको कर समेत तिर्दै आएको छ, तर जोतभोग भने गर्न पाएका छैनन् । १५ वर्ष पहिले निर्वाध रुपमा वार्षिक धान, दाल, तरकारी, गहुँ उब्जाउँदै आएको खेतसंगै टासिएको जमिन नदिले आफनो वहाव क्षेत्र परिवर्तन भएको मुखियापटटी मुसहर्निया वडा नं. २ का वडाध्यक्ष नरेश प्रसाद यादवले बताउनुभयो । वडाध्यक्ष यादवका अनुसार जमुनी नदीमा आएको बाढीले वहाव क्षेत्र नै परिवर्तन भएपछि जमुनी नदी वारि नेपालतर्फ भएको जिवछ यादव, भिखारी यादवलगायत १० जना जतिको करिव १५ विगहा जग्गा जमुनी नदिको पारि अर्थात भारतीय पक्ष तिर गएको छ ।
नदीले वहाव क्षेत्र परिवर्तन गर्दा जमुनी नदिको पारि भारततर्फ भएको करिव २५ विगहा जग्गा जमुनी नदिको वारि नेपालतर्फ आएको देखिन्छ । नदिले वहाव क्षेत्र परिवर्तन गर्दा समेत नेपाल भारतको सिमा स्तम्भ संकेत नं. २८९ का विभिन्न पिलरहरु जमुनी नदिको पुरानै वहाव क्षेत्र अनुसार गाँडिएपछि जिवछ यादवलगायतहरुले आफनो खेत उपभोग गर्न नदि तरेर जानुपर्ने बाध्यता छ , तर भारतीय पक्षले भने जिवछ यादव, भिखारी यादवलगायतको जग्गा कब्जा गरेर जवरजस्ती उब्जाउने गरेकाले जिवछ यादव खेतविहिन हुन पुगेको बताउनुभयो ।
भिखारी यादवको जमुनी नदिको वहाव क्षेत्र परिवर्तन हुँदा पारि भारततर्फ १२ कठठा जग्गा गएको देखिन्छ तर उहाँले समेत उपभोग गर्न नपाएको बताउनुभयो । आफुहरुको जग्गा आफुहरुलाई नै जोतभोग गर्न दिनुपर्नेमा भारतीय पक्षले कब्जा गर्दा आफुहरुलाई खाद्यान्नको समस्या हुने गरेको र भुमिहिन हुन पुगको दुखेसो पोख्नुभयो । खेतमा नेपाल भारतको सिमास्तम्भ पनि छ, सिमा स्तम्भको पारि भारत र वारि नेपालको भुमि हो, तर नेपाली किसानहरुले आफनो खेत जोतभोग गर्न नपाएर निकै समस्यामा रहेको स्थानिय नेतृ मंजु यादवले बताउनुभयो ।
वर्षौ पहिले जमुनी नदिको वहाव क्षेत्र परिवर्तन भएपछि जमुनी नदी पारि नेपाली भुमि गएको देखिन्छ, सिमास्तम्भ पनि गाडिएको छ तर नेपाली किसानहरुले आफनो खेत जोग भोग गर्न पाएका छैनन् । नेपाली किसानहरुले आफनो खेतमा जाँदा भारतीय एसएसवि र त्यहाँका किसानहरुले अवरोध गर्दै आएको छ । भारतीय किसानहरुलाई भारतीय एसएसविहरुले सुरक्षा दिने गरेकाले गर्दा नेपाली किसानहरु जमुनी नदी कटेर आफनो खेत जान नपाएको नेतृ मंजु यादवले बताउनुभयो ।
खाद्य अधिकारको सवालमा नेपालमा क्रियाशिल फियान नेपालका मधेश प्रदेश संयोजक नन्दनी यादवले किसानहरुको हातमा नेपाली लालपुर्जा छ, सिमा क्षेत्रमा गाडिएको सिमास्तम्भले समेत नेपाल र भारतको भुमि स्पष्ट देखिन्छ तर पनि नेपाली किसानहरुको भुमिको अधिकार र खाद्यको अधिकारलाई भारतीय पक्षले हनन् गरि रहेकाले दुवै देशका सुरक्षाकर्मी र सरोकारवाला निकायहरुको समन्वय हुन जरुरी भएको बताउनुभयो । जमुनी नदीले आफनो वहाव क्षेत्र परिवर्तन गर्दा दुवै तर्फको जग्गा नदीको वारि र पारि भएकाले त्यसलाई समाधान गर्न दुवै तर्फबाट सरोकारवाला निकाय अग्रसर हुनुपर्नेमा संयोजक यादवले जोड दिनुभयो ।