जनकपुरधाम- आज तराइमा रङहरुको पर्व होली मनाईंदैछ। काठमाडाैं सहित पहाडी जिल्लाहरुमा होली हिजो धुमधामसँग मनाइएको थियो।तराइमा भने फागू पूर्णिमाको भोलिपल्ट होली मनाउने चलन रहिआएको छ।
वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकापसमा खुसीयाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ।
तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ। होलीमा प्रयोग गरिने रङहरूको आ-आफ्नै महत्व रहेको छ। नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ।
पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो। भगवान गणेशलाई सबै रङ मन पर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ।