काठमाडौं - फिल्मका साथै विवादका कारण पनि बेलाबेला चर्चामा आइरहने सलमान खानलाई ३ वर्ष पुरानो मामिलामा अदालतमा उपस्थित हुन आदेश दिइएको छ।
सलमानमाथि अशोक श्यमाल पाण्डे नामका पत्रकारमाथि कुटपिट गरेको आरोप लागेको छ।
मुम्बईको अंधेरी मजिस्ट्रेट कोर्टले सलमान खान र उनका बडिगार्डलाई अप्रिल महिनाको ५ तारिखमा अदालत पेश हुन आदेश दिएको छ। उनले सलमानविरुद्ध गरिएको उजुरीमाथि कारबाही नगरेको भन्दै प्रहरीमाथि पनि आरोप लगाएका थिए।