महोत्तरी । आगामी बैशाख ३० गतेको हुने स्थानीय तह निर्वाचनका लागी आवेदन दिएका म्यादी प्रहरीको छनौटका लागि महोत्तरीमा प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरीक तन्दुरुस्ती परीक्षाको मिति तय गरिएको छ।
महोत्तरीमा कुल १५ वटा स्थानीय तह रहेको छ । १० नगरपालिका र ५ वटा गाउँपालिकाको लागि महोत्तरीमा ८ हजार ५५ जना मध्य ७ हजार २५५ पुरुष र ८ सय जना महिला म्यादी प्रहरीका लागि आबेदन दिएका छन् ।
म्यादी प्रहरी भर्नाको आवेदन चैत ६ गते देखि ११ गते सम्मको लागि आवेदन खुल्ला गरिएको थियो ।
आवेदन दिएकाहरुको छनोट चैत १५ देखि हुनेछ भने अन्तिम नतिजा चैत २२ गते प्रकाशित गरि २८ गते देखि प्रशिक्षण सुरु हुने जिल्ला प्रहरी कार्यलय महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले बताए ।




