मुम्बई– बलिउड अभिनेता शाहरुख खान यतिबेला डिज्नी प्लस हटस्टारसंग मिलेर एउटा विज्ञापन सिरिजका लागि काम गरिरहेका छन् ।
भर्खरै यसको नयाँ विज्ञापन आएको छ, जसमा शाहरुख खानले आफूले एसआरके प्लस लञ्च गर्न लागेको बताएका छन् । तर, शाहरुखका सेक्रेटरीले भने अहिले त्यस्तो कुनै मौका प्राप्त नभएको र डिज्नी प्लस हटस्टारमा फिल्म, क्रिकेट आदि प्रदर्शन भइरहेको बताउँछन् ।
तर, शाहरुख र उनको सेक्रेटरीको कुरामा भिन्नता देखिएको छ ।
यद्यपि, शाहरुखले अप्रिल महिनाभरी डिज्नी प्लस हटस्टार खाली भएको भनेता पनि उनका सेक्रेटरीले भने अप्रिल महिनामा पनि डिज्नी प्लस हटस्टारमा विभिन्न कार्यक्रम भएको जवाफ दिएका छन् । एसआरके प्लसको पोस्टर झरेपछि अनुराग कश्यप पछाडि उभिरहेको देखिन्छ र उनले शाहरुखलाई केही समय रोकिन भन्दै गरेको देखिन्छ ।
डिज्नी प्लस हटस्टारले उक्त विज्ञापन ट्विटरमा शेयर गरेको छ, जसमा शाहरुखले अहिले म खेल हेर्दैछु, पछि तिमीहरुलाई पनि हेर्नेछु डिस्नी प्लस हटस्टार परिवार भनेर जवाफ दिएका छन् । अहिले उनको उक्त विज्ञापनलाई धेरैले मन पराएका छन् ।
Abhi toh matches dekh raha hu, phir tumhe bhi dekh lunga @DisneyPlusHS walo https://t.co/ILr3uBzacq
— Shah Rukh Khan (@iamsrk) March 31, 2022