धनुषा- संघिय सरकारको भौतीक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवले भारतको राजधानी दिल्ली बाटै नेपालको एकमात्र रेल्वेको उदघाटन हुने बताउनुभएको छ।
भोली शनिवार हुने नेपाल रेल्वेका उद्घाटन कार्यक्रममा सहभागी हुन आज जनकपुरधाम आइपुग्नु भएको मन्त्री यादवले विमानस्थलमा संचारकर्मीहरु संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रवार देखि हुन लागेको भारत भ्रमण नेपाल रेल्वेको उदघाटन पनि मुख्य एजेन्डा रहेको जानकारी दिनुभयो ।
उहाँले दुवै देशका प्रधानमन्त्रीले शनिवार दिल्लीमा अनलाईन मार्फत उद्घाटन गरे पश्चात रेल्वे विधिवत यात्रु बोक्न थाल्ने बताउनुभयो ।
त्यसैगरी मन्त्री यादवले अगामि स्थानिय तहको निर्वाचनमा सवै पालिकाका गठबन्धन हुने सम्भावना नरहेको पनि कतिपय पालिकामा गठबन्धन हुने बताउनुभयो।
मन्त्री यादवले स्थानिय परिवेश, परिस्थती र आवयश्कताको आधारमा स्थानिय तहमा गठबन्धन हुने तयारी भइरहेको बताउनुभयो।
एक अर्को प्रसंगमा मन्त्री यादवले लोसपा अटल बिचारका साथ आए पुनः गठबन्धनको सम्भावना रहेको समेत जनाउनुभयो।
गठबन्धनका लागि मुख्य विषय ‘एजेन्डा र बिचार’ रहेकाले लोसपा स्पष्ट विचार लिएर आए सम्भावना अझै पनि नमरेको उहाँले बताउनुभयो ।
मन्त्री यादवले भन्नुभयो , ‘बिचार, नियत र मन मिले जे पनि हुन सक्छ ।’