
बहुप्रतिक्षित देशकाे एक मात्र रेल्वेकाे शनिबार उद्घाटन भएको छ।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि भारतकाे जयनगरबाट रेल जनकपुर - कुर्थाका लागि प्रस्थान गरेको छ । दुवै प्रधानमन्त्रीले भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यमले हरियो झण्डा देखाएका हुन् ।





