महोत्तरी- महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाए अनुसार ज्यान जानेमा मोटरसाइकल चालक धनुषा वैदेही नगरपालिका ८ बस्ने २० वर्षीय बलिराम साह रहेका छन् ।
महोत्तरीको पिपरा गाउँपालिका ६ रतौली स्थित सडकमा प्र.२-०२-००१ प ३८५८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर शुक्रबार राति दुर्घटना भएको हो ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।




