दिनेश महतो,गौशाला – महोत्तरीमा लोकतान्त्रिक समाजवादी पार्टि (लोसपा)को एक वडा कार्यालयमा पार्टि कार्यालयको उदघाटन गरीएको छ । गौशाला नपा वडा नं.–११ ईमलिबजार स्थित बुद्धबार पार्टिका जिल्ला अध्यक्ष रामबाबु साह र केन्द्रिय सदस्य देवनारायण महतोले संयुक्त रुपमा पार्टि कार्यालयको उदघाटन गरेको हो ।
नजिकिएको चुनावलाई लक्षित गर्दै जनताहरुको गुनासो,समस्या लगाएत चुनाबी कार्यक्रम तयारीका लागी पार्टि कार्यालयको स्थापना गरीएको जनाएको छ ।
सो अबसरमा नगर अध्यक्ष शमर लामाले लोसपा पुर्ण रुपमा मधेशवादी पार्टि रहेको र मधेशको मुद्धा उठान गरेकोेले लोसपालाई नैई यस चुनावमा बिजय गराउन जनताहरुलाई आग्रह गर्नुभएको थियो ।


