जनकपुरधाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झालाई घुस सहित रंगेहात पक्राउ गरेको छ ।
प्रमुख झालाई सोमबार बिहान अख्तियारको बर्दिबास कार्यालयकाे टोलीले ५ लाख घुस रकम सहित पक्राउ गरेको हो ।
जनकपुरधामको भानुचोक स्थित एक चिया पसलबाट आज सोमबार बिहान अख्तियारको टोलीले झालाई नियन्त्रणमा लिएको हो । झाले जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि सेवाग्राहीसँग ५ लाख रूपैयाँ घुस लिएका थिए ।
उनलाई प्रक्रिया पुर्याएर अख्तियारको बर्दिबास कार्यालय ल्याउन लागेकाे जनाएकाे छ।


