
???????
महोत्तरी। आउँदो २०७९ बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाको मेयर पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट राजकिशोर साह (नब्बासिंह)ले आफू टिकट पाउने दाबी गर्नुभएको छ ।
महोत्तरीको जलेश्वरमा बुधबार उहाँले पत्रकार सम्मेलन गर्नुहुँदै आफूलाई पार्टीले आउँदो बैशाख १० गतेका दिन जलेश्वरका मेयरको टिकट कसलाई दिने टुँगो लाग्ने कुरो भनेको तथा आफू नै जलेश्वरका मेयरको टिकट पाउनेमा विश्वस्त रहेको बताउनुभयो ।
उहाँले अहिले विभिन्न सामाजिक सञ्जालमा अर्कै अर्कै साथीहरु आफू जलेश्वरमा नेकपा एमालेको तर्फबाट मेयरको उम्मेदवार रहेको भनिहिड्दै गरेको, विभिन्न अडियो तथा भिडियोहरु सेयर गर्दै गरेको कुराहरु उहाँहरुको कल्पना मात्रै रहेको, पार्टीले अहिलेसम्म कसैलाई पनि आधिकारिक रुपमा उम्मेदवार नबनाइसकेको बताउनुभयो ।
साथै उहाँले आफू सधैं जनताको सुख दुःखमा साथ दिने गरेको र आजसम्म जनताको सेवा गर्दै आएकोले आफूले नेकपा एमालेबाट जलेश्वरका मेयरको टिकट पाएमा आफूलाई जनताले जिताउने विश्वास पनि व्यक्त गर्नुभयो । पत्रकारहरुले टिकट पाउने सवालमा कुरा गर्दा उहाँले गत २०७८ चैत ४ गते आफूलाई पूर्व साँसद तथा केन्द्रिय सदस्य समेत रहनुभएका जिल्लाका नेता रामदयाल मण्डल लगायतकाले टिकट दिलाउने आश्वासन समेत दिएकोले आफू टिकट पाउने दाबी गर्नुभ