sfFu|]; s]Gb|Lo ;ldltsf] a}7s
g]kfnL sfFu|]; s]Gb|Lo sfof{no ;fg]kfdf cfOtaf/ ;’? ePsf] s]Gb|Lo ;ldltsf] a}7s a:b} . sfFu|];n] a}7såf/f @( ;b:oLo …s]Gb|Lo sfo{;Dkfbg ;ldltÚ u7g u/]sf] 5 . tl:a/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौँ । स्थानीय निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउन नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शनिबार) बस्दै छ ।
बिहान ११ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक तय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



हिजो (शुक्रबार) दिउँसो बस्ने भनिएको बैठक आज बिहानको लागि सारिएको थियो ।
बैठकमा स्थानीय तह चुनावका लागि पार्टीबाट उठाउने उम्मेदवार र महानगरको उम्मेदवार टुङ्गो लगाउने बारे छलफल हुने उनले बताए ।
सत्तारुढ गठबन्धनमा काँग्रेसलाई महानगरतर्फ ३ र ७ वटा उपमहानगरको प्रमुख भागमा परेको छ ।




