जनकपुरधाम । पाँच दलिय गठबन्धनले जनकपुरधामको मेयरमा लालकिशोर साह र उप–मेयरमा किशोरी साहलाई जिताउने निर्णय गरेको छ । सोमबार नेपाली काँग्रेसका प्रदेश सभापति कृष्ण यादवको अध्यक्षतामा बसेको पाँच दलिय गठबन्धनले नीतिगत रुपमा गठबन्धनलाई सघाउने निर्णय गरेको छ ।
गठबन्धनले जनकपुरधाम उप–महानगरपालिकामा मेयर जसपाको र उप मेयर काँग्रेसको भागमा परेको छ । सो बैठकवाट स्थानीय निर्वाचन अन्र्तगत जनकपुरधाम उप– महानगरपालिकाका गठबन्धनका उम्मेदवारहरुलाई जिताउन प्रभावकारी भूमिका निर्वाह गर्न एक समन्वय समिति पनि गठन गरेका छन् ।
सो समतिमा जसपाका नगर अध्यक्ष विष्णुदेव साह, नेपाली काँग्रेसका जिल्ला उप सभापति गणेश झा, नेकपा एसका अध्यक्ष प्रमोद साह, केन्द्रीय निर्वाचन समिति सदस्य जितेन्द्र कुमार यादव, केन्द्रीय निर्वाचन समिति सदस्य जितेन्द्र प्रसाद साह र नेकपा एसका इन्चार्ज सुरेन्द्र राय रहेका छन् ।