k|d b]pjf ;Daf]wg
sf7df8f}F, @* r}t M zx/L ljsf; dGqfnon] dËnaf/ oxfF cfof]lht /fli6«o zx/L gLlt zx/L ljsf; P]g / o’l6lnl6 sf]l/8f]/;DaGwL P]g th{‘df;DaGwL Pjd Ps lbj;Lo sfo{qmdnfO{ ;Daf]wg ub}{ k|wfgdGqL z]/axfb’/ b]pjf . t:jL/ M /f]zg ;fksf]6f÷/f;;
जनकपुरधाम- चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आज जनकपुरधाम आउन लागेका हुन् ।
जनकपुरधामको तिरहुतिया गाछीमा हुने सत्ता गठबन्धनको चुनावी सभालाई संवोधन गर्न नेपाली काँग्रेसका सभापति समेत रहेका देउवा जनकपुर आउन लागेका हुन् ।
देउवासहित जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव लगायतका नेता चुनावी सभामा भाग लिनेछन् ।
दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा जसपाका मेयर पदका उम्मेदवार लालकिशोर साहलाई जिताउन छाता छापमा मत माग्ने कार्यक्रम रहेको छ ।
त्यस्तै उपेन्द्र यादवले काँग्रेसबाट उपमेयर पदका उम्मदेवार किशोरी साहलाई जिताउन गाछी छापमा मतदान गर्न आग्रह गर्ने छन् ।
जनकपुरधाम उपमहानगरमा सत्ता गठबन्धन अन्तर्गत मेयर जसपाको भागमा परेको छ भने उपमेयर काँग्रेसको भागमा परेको हो ।




