महोत्तरी - महोत्तरीको ग्रामीण भेगका नाकाबाट व्यापक रुपमा नदी जन्य पदार्थको भारत तर्फ तस्करी भइरहेको छ।
नेपाल सरकारले नदी जन्य पदार्थहरु गिट्टी,बालुवा र ढुङ्गाको भारत निकासीमा रोक लगाएको भएपनि महोत्तरी जिल्लाको ग्रामीण भेगका नाकाबाट दैनिक रुपमा राती राती एक सय भन्दा बढी साईकलमा लोड गरेर गिट्टी,ढुङ्गा र बालुवा भारत तर्फ अवैध रुपमा निकासी भइरहेको देखिएको छ।
महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ बाट सम्सी कन्हमा बोडरबाट भारतीय सीमासँग जोडिएको सम्सीनाकाबाट नेपालको गिट्टी,बालुवा र ढुङ्गा व्यापकरुपमा तस्करी गरेर भारत लाने गरेको पाईएको छ ।सम्सी गाउँपालिका ७ सम्सी बस्ने बिजय यादवले नेपालको गिट्टी,बालुवा र ढुङ्गा भारत तर्फ पठाउने गरेको स्थानीय सुरेश यादव र हैदर अलिले बताए।सिमावर्ती क्षेत्रमा शसस्त्र र नेपाल प्रहरीको मिलेमतोमा नेपालको गिट्टी,बालुवा र ढुङ्गा भारततर्फ तस्करी हुने गरेको स्थानीयले आरोप लगाएको छ ।
स्थानीयहरुले बिजय यादवले सम्सी गाउपालिका ७ सम्सीबाट सर्लाहीको मलंगवा जाने हुलाकी सडक मार्गको छेउमा टिफरबाट एक ठाँउमा झारेर गिट्टी,बालुवा र ढुङ्गा थुपार्ने गर्दछन् भने त्यस पछि ट्याक्टरमा लोड गरेर नेपाल भारतको सिमा क्षेत्र दशगजामा झार्ने गरेका छन्।
सो दशगजा क्षेत्रबाट रातिको समयमा यादवले स्थानीय युवाहरुलाई पैसा दिएर जुटकोबोरामा पोकापारी साईकल र मोटरसाईकलको माध्यमले भारतको कन्हमा बोडर लैजाने गरेको भिडियो समेत प्राप्त भएको छ। भिडियो बोरामा हालेर भारत तर्फ बालुवा, गिट्टी पारी लाने गरेको प्रष्ट देखिन्छ।