काठमाडौं। चुनावी प्रचार–प्रसारका क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्लामा छन्।
सोमबार साँझ गृह जिल्ला पुगेका उनी बुधवारसम्म त्यही हुनेछन्। आजबाट मौन अवधि शुरु हुँदैछ। आज प्रचारको अन्तिम दिन आयोजना हुने दुई चुनावी आमसभालाई देउवाले सम्बोधन गर्नेछन्।
सदरमुकामको बसपार्कमा आयोजना हुने चुनावी आमसभा र दिउँसो २ बजे भित्री मधेशको परशुराम नगरपालिकाको लालढुङ्गा बजारमा सभा आयोजना गरिएको छ।
प्रधानमन्त्री देउवासँग कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत केन्द्रीय नेताले पनि सम्बोधन गर्ने जनाइएको छ। देउवाले सोमबार गन्यापधुरा–२ बडालको चुनावी सभामासम्बोधन गरेका थिए।




