काठमाडौं - काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाले विजय हासिल गरेको छ।
राप्रपाका उम्मेदवार रमेश नापितले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा समाजवादीका एलपी श्रेष्ठलाई ७ सय ४ मतले पराजित गरे।
राप्रपाले ५ हजार १८२ मत ल्याउँदा नेकपा एसका उमेदवार श्रेष्ठले ४ हजार ४७८ मत पाए।




