
जलेश्वर नगरपालिका वडा नं. ४ मा विजयी भएका हरिचन्द्र महतो । तस्वीर : महेशकुमार दास
महेशकुमार दास,जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ४ मा नेपाल कम्प्युनिस्ट पार्टी(एमाले)का हरिचन्द्र महतो विजयी हुनु भएको छ ।
बुधबार दिउँसो आएको मतगणना परिणाम अनुसार नेकपा एमालेका महतो ९६७ मत ल्याई विजयी हुनु भएको छ ।
उहाँको निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका लोकेन्द्र लाल कर्णले ६२७ मत प्राप्त गरेको निर्वाचन अधिकृत ठाकुर चन्द्र त्रितालले बताउनु भएको छ ।वडा अध्यक्ष महतो ३४० मतको मतान्तरले विजयी हुनु भएको निर्वाचन अधिकृत त्रितालले बताउनु भयो ।
निकटमत प्रतिद्वन्दी कर्ण यस अघि जलेश्वर नगरपालिकाको निर्वतमान वडा अध्यक्ष रहनु भएको थियो ।विजयी वडा अध्यक्ष महतोले आफना वडाका मतदाताले जुन विश्वासका साथ मत दिएर जिताएको त्यस विश्वासमा खडा उतर्ने प्रयास गर्ने बताउनु भएको छ ।