ढल्केवर- धनुषाको मिथिला नगरपालिकाको पछिल्लाे मतगणना अनुसार उपमेयर पदमा नेकपा एमालेले काँग्रेसलाई उछिनेको छ। मतगणनाको सुरु देखि अग्र स्थानमा रहेको उपमेयरमा नेपाली कांग्रेसलाई उछिन्दै अहिले नेकपा एमाले अघि बढेको छ ।
बिहिवार बिहानको पछिल्लो मत परिणाम अनुसार उपमेयरमा नेकपा एमालेकी सुनिता सिंह बुढाथोकीले ५ हजार ३६४ मतका साथ अग्रस्थानमा उक्लिएकी छन् । नेपाली कांग्रेसकी निर्मला कोइरालाले ५ हजार २५५ मत ल्याएर दोस्रो स्थानमा छिन् ।
अहिले वडा नं ९ र १० को मतगणना भइरहेको छ । मेयरमा भने नेपाली कांग्रेसका महेन्द्र महतोले सुरुवाती अग्रतालाई कायम राखेका छन् । उनले ५ हजार ७०६ मतका साथ लिड गरिरहेका छन् । उनलाई नेकपा एमालेका राजाराम महतोले ५ हजार ४० मत लिएर पछ्याइरहेका छन् ।
पछिल्लो मतपरिणामको तालिका अनुसार एमालेले कांग्रेससँगको मतान्तर क्रमिक रुपमा घटाइरहेका छन् ।




