जनकपुरधाम – सिरहाको सिरहा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका नवीन कुमार यादव ११ हजार १४३ मत प्राप्त गरि मेयरमा निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्र कुमार यादवले ८ हजार ७३२ मत प्राप्त गरे । यस्तै नगरको उपमेयरमा एमालेकी बबिता कुमारी यादव १० हजार १२६ मत ल्याएर निर्वाचित भएकी छन्।



उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी सरिता कुमारी यादव ८ हजार ५ सय ७७ मत मात्र पाइन् ।




