औरही – महोत्तरीको लोहरपट्टी नगरपालिकामा नेपाली कांग्रेसका शैलेन्द्रकुमार यादव पुनः निर्वाचित भएका छन्।
अघिल्लो निर्वाचनबाट लोहारपट्टीको नगरप्रमुख निर्वाचित भएका यादव पाँच हजार ४२९ मत लिएर कार्यकाल दोहोर्याएका हुन्। यादवले ५ हजार ४२९ मत ल्याएर मेयरमा निर्वाचित हुँदा लोकतान्त्रिक समाजवादी (लोसपा) का रामसुहाग यादवले ४ हजार ६७५ मत ल्याए।
उपप्रमुखमा नेपाली कांग्रेसकी सरिता शर्मा पाँच हजार २८१ मत ल्याएर निर्वाचित हुँदा लोसपाकी वहिदा खातुन चार हजार १४३ मतल्याएर पराजित भइन्।


