काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानबिन गर्ने बताएका छन्।
चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उनले निर्मलाको बलात्कार र हत्यापछि प्रमाण मेट्ने काम भएको भन्दै उक्त घटनामा संलग्नलाई पक्राउ गरेरै छाड्ने बताए।



बलत्कार जस्तो अपराधमा शून्य सहनशील भई ढिलोचाँडो अपराधीलाई कठघरामा उभ्याउने उनको भनाइ थियो। बलात्कारविरूद्धको उजुरीमा हदम्याद नलाग्ने गरी कानुन संशोधनको विधेयक संसदमा चाँडै प्रस्तुत गरिने उनले बताएका छन्।




