काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। जसअनुसार डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १०/१० रुपैयाँले घटाएको छ।
बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।



पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर सरकरले घटाएपछि निगमले मूल्य समायोजन गरेको हो। हिजो मात्र भारतीय आयल निगमले नेपाललाई दिने पेट्रोलमा ८ रुपैयाँ बढाइएको मूल्यसूची पठाएको थियो।




