जनकपुधाम – स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको आरोपमा नेकपा एमाले केन्द्रिय सदस्य हरिनारायण महतो सहितलाई १० जनालाई पार्टीबाट निष्कासन गरिएको छ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको हित विपरित कार्य गरेको भन्दै नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष तथा मिथिला नगरपालिकाका पूर्व मेयर समेत रहेका हरिनारायण महतोले पार्टीको चुनाव चिन्ह् सुर्य छाप लिएर उम्मेदवारी दिएका उम्मेदवारलाई हराउने गतिविधिमा लागेकाले उनलाई पार्टीबाट निष्कासन गरिएको एमाले जिल्ला कमिटिले जानकारी दिएको छ ।



महतो सहित एमालेले स्थानिय तहको निर्वाचनमा पार्टीको निणर्य विपरित विद्रोह र अन्तरघात गरेको भन्दै प्रदेश कमिटि सदस्य सरोज कुमार मिश्र (जनकपुरधाम), जिल्ला कमिटि सदस्य महेन्द्र महतो (गणेशमान चारनाथ नगरपालिका) र जिल्ला कमिटि सदस्य राजु गुप्तालाई समेत कारवाही गरेको छ ।
त्यसैगरि जिल्ला कमिटि सदस्य रामभरोसी राय (विदेह नगरपालिका), जिल्ला कमिटि सदस्य हफिज अन्सारी (जनकपुरधाम), जिल्ला कमिटि सदस्य हरिशचन्द्र कामत, जिल्ला कमिटि सदस्य कपिल राय (जनकनन्दनी गाँउपालिका), जिल्ला कमिटि सदस्य मनोज यादव (मुखियापट्टी मुसहरनिया) तथा ईद मोहम्मद साफी (जनकपुरधाम)लाई कारवाही गर्दै पार्टीबाट निष्काशन गरिएको एमालेका मधेस प्रदेश अध्यक्ष रामअवतार यादवले बताए ।
अध्यक्ष यादवले स्थानिय तहको निर्वाचनमा एमालेको सुर्य चिन्ह लिएर उम्मेदवार भई चुनाव लडेका उम्मेदवारहरु विरुद्व प्रदेश भरिमै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न अन्य केन्द्रिय सदस्य देखि जिल्ला कमिटि सदस्यहरु समेतको कारवाही प्रक्रियाको अन्तिम चरणमा रहेको जनाए तर अन्य जिल्लाबाट कारवाहीको सिफारिस आउन बाँकी रहेको बताए ।
एमालेका केन्द्रिय सचिव तथा मधेस प्रदेश इन्चार्ज रघुबीर महासेठले पार्टीको हित विपरित कार्य गर्नेहरुलाई कारवाहीका लागि जिल्ला कमिटिले निणर्य गरि प्रदेश कमिटिमा पठाएकोमा जिल्ला कमिटिको सो निणर्य विद्यान सम्वत रहेको भन्दै गत २२ गते नै प्रदेश कमिटिले कारवाहीको सो निणर्य अनुमोदन गरेको बताए।




