जनकपुरधाम- जिल्ला समन्वय समिति धनुषा प्रमुखमा नेपाली काँग्रेसका राजनन्द मण्डल राज सहित पुरा प्यानल नै निर्विरोध निर्वाचित भएका छन् ।
बुधबार जिससका प्रमुख, उपप्रमुख सहित सदस्यहरूमा कांग्रेसको मात्र मनोनयन परेपछि सबै निर्विरोध निर्वाचित भएका हुन् ।




धनुषाका मुख्यनिर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार प्रमुखमा राजनन्द मण्डल राज, उपप्रमुखमा संगितादेवी ठाकुर निर्वाचित भएका हुन् ।
यस्तै सदस्यहरूमा इश्वरीप्रसाद शर्मा, डम्बरबहादुर थापा मगर, फगु यादव, महिला सदस्यमा गीतादेवी यादव, विकादेवी मिजार, सोनिता देवी सदा र दलित वा अल्पसंख्यक सदस्यमा महेन्द्र महतोले मात्र उम्मेदवारी दर्ता गराएको अधिकृत प्याकुरेलले जानकारी दिए ।
उनले जिससका लागि ९ जनाको आवश्यक रहेकोमा ९ जना कांग्रेसबाट मात्र उम्मेदवारी परेको बताए ।




