गौशाला । महोत्तरीको बर्दिबासमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
बर्दिबास नगरपालिका–३ कारेभोगटे पुलमा ना ५४ प ८९५४ नम्बरको मोटरसाइकल बुधवार साँझ पौने ७ बजे अनियन्त्रित भइ पल्टिएको थियो । गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार सर्लाहीको ईश्वरपुर नगरपालिका–३ का २६ वर्षीय सूर्य कुमार मिस्त्रीको उपचारका क्रममा बर्दिबासस्थित जनसेवा अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक रवि राउलले जनाएका छन् ।
घाइते भएका मोटरसाइकल चालक २५ वर्षीय निरज मिस्त्रीको सोही अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीले जनाएको छ ।




