सांकेतिक तस्वीर।
जनकपुरधाम- आफैले चलाएको ट्याक्टरमा च्यापिएर सर्लाहीमा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाए अनुसार चन्द्रनगर गाउँपालिका-५, मोहनपुर बस्ने चालक ३२ वर्षीय रवीन्द्र साह सोनारको मृत्यु भएको छ।
मलंगवा नगरपालिका-६ मा ज १ त ३८२४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा चालक सोनारको मृत्यु भएको हो । ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा सोही ट्याक्टरले च्यापिएर घटनास्थल मै चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
लखन्देही खोलामा तटबन्धका लागि ढुंगा झारेर फर्किदै गरेको ट्याक्टर दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।




