औरह - महोत्तरीको औरही नगरपालिका- १ औरही बजार स्थित स्वास्थ चौकीमा चौबिसै घन्टा सेवा दिने गरि बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीयवासीहरुमा खुशियाली छाएको छ ।
अब सुत्केरी गराउन महिलालाई बर्दिवास, गौशाला र जनकपुर अस्पतालमा पुग्नुपर्ने झन्झट हटेको छ ।
नगरपालिकामै बर्थिङ सेन्टर सञ्चालन भएपछि महिलालाई सुरक्षित रुपमा प्रसूति हुनका लागि सहज भएको छ ।
प्रसूति सेवाका लागि नगरपालिकाले औषधि, आवश्यक औजार र उपकरण सहित दक्ष जनशक्तिको बर्थिङ सेन्टरमा व्यवस्था मिलाएको छ ।
‘नगरपालिकामा बर्थिङ सेन्टर नहुँदा प्रसूति हुने महिलालाई घरपरिवारले साइकल,मोटरसाइकल र जिपमा बोकेर बर्दिवास,गौशाला र जनकपुर स्थित अस्पतालमा पुरयाउदैआएका थिए’, स्थानीय सावित्री सदाले भनिन् ।उनले बर्दिवास,गौशाला र जनकपुर जादा गाडी समस्याको खप्की खानुपर्ने अर्को बाध्यता हुनुको साथै अस्पतालमा चर्को शुल्क समेत लिइने गरेको बताईन् ।त्यसैगरी सीता देवी यादवले भनिन्, ‘अस्पताल पुरयाउन ढिला हुँदा ज्यान जाने जोखिम समेत थियो ।
बर्थिङ सेन्टर सञ्चालनमा आए सँगै ती सबै समस्या हटेर गएको छ ।‘एता स्वास्थ्य चौकी औरहीबाट सञ्चालनमा रहेको बथिङ्ग सेन्टरमा अहिले दिन प्रतिदिन सेवाहग्राहीहरु आकर्षण बढ्दै आएको छ । सञ्चालन भएको पहिलो महिनामा निकै कम सेवाहग्राहीहरु आउने गार्थ्यो अहिले त दिनप्रति दिन बढदै आईरहेको औरही स्वास्थ्य चौकीका प्रमुख राम चन्द्र यादवले शिरीष न्युजलाई बताए । अहिले औरही बथिङ्ग सेन्टरमा आउने सेवाहग्राहीहरु सन्तुस्ट रहेका कारण सेवाग्राही बढदै आएको प्रमुख यादवले बताए ।
औरही स्वास्थ्य चौकीमा वडा नम्बर १ र २ को बढी सेवाहग्राही आउने गरेको र नगरपालिकाबाट बर्थिङ्ग सेन्टरको लगि कुनै पनि सुबिधा नदिएको कार्यरत कर्मचारीले काम गरे वापत अहिले सम्म थप सेवा सुबिधन नपाएको गुनासो समेत गरे । जम्मा अहिले औरही स्वास्थ्य चौकीमा १० जना कर्मचारी कार्यरत रहेको छ । स्वास्थ्य चौकी औरहीमा व्यवस्थापन गरी नगर पालिकाले प्रसूति सेवा सञ्चालन गरेको छ ।