महोत्तरी। औरही नगर क्षेत्र भित्रका विभिन्न विद्यालयमा कार्यरत बालविकास शिक्षिका, कार्यालय सहायक र कार्यालय सहयोगीहरुले न्युन पारिश्रमीकमा काम गर्नु बाध्यता हटाउनु पर्ने माग गरेका छन ।
नेपाल शिक्षक महांसंघ नगर कार्य समिति औरहीका अध्यक्ष रामगोपाल यादवको नेतृत्वमा गएका पिडित शिक्षकहरुले औरही नगरपालिका प्रमुख समक्ष सो माग गर्नु भएको छ । नगर क्षेत्र भित्रका विद्यालयहरुमा कार्यरत्त बालविकास शिक्षिका ,कार्यालय सहायक र कार्यालय सहयोगीहरुले न्युन पारिश्रमीकमै वर्षो वर्षदेखि काम गर्दै आएकोले उचित पारिश्रीमक अविल्म उपलब्द्ध गराउन पर्ने माग उहाँहरुको रहेको छ ।



औरही शिक्षक महासंघका अध्यक्ष यादवले औरही नगरपालिकाको नगर प्रमुखलाई ज्ञापन पत्र वुझाउँदै सो माग गर्नु भयो । संघीय सरकारले श्रम ऐन अनुसारको मापदण्ड अनुसार सरोकारावाल शिक्षक कर्मचारीलाई आ.व. ०७७÷०७८ को विनियोजित वजेट वमोजिम उक्त रकम उपलब्द्ध गराई दिन पत्रचार गर्दा पनि सो पत्रको वास्ता नभएको नगर प्रमुखलाई वुझाइएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।उक्त रकम निकासका लागि स्थानिय सरकार संग पटक पटक शिक्षक महासंघ र सरोकारवाला शिक्षकहरुले आग्रह गर्दा समेत सुनवाई नभएको उहाँले बताउनु भयो ।
अति न्युन पारिश्रमिकमा काम गरेर जिवन यापनमा कठिनाई भई रहेकोले यथाशिर्घ समस्या समाधानका लागि पहल गर्नु पर्ने माग उहाँहरुको छ । औरही नगरपालिकामा बालविकास शिक्षिका , कार्यालय सहायक र कार्यालय सहयोगी गरि ५० जना कार्यरत रहेका छन ।
नेपाल सरकारले बालबाविकास शिक्षका तलव १५ हजार, कार्यालय सहायकको तलव १९ हजार ५सय र कार्यालय सहयोगीको तलव १५ हजार दिनु पर्ने भनेको छ तर औरही नगरपालिकाले बालविकास शिक्षिकालाई ८ हजार, कार्यालय सहायकलाई १३ हजार ५०० र कार्यालय सहयोगीलाई ६ हजार तलव मात्र खुवाउँदै आएको छ । जुन अति नै न्युन पारिश्रमिक भएको अध्यक्ष यादवले बताउनु भयो ।
उहाँले औरही शिक्षा शाखा मार्फत योजना फाँटमा दर्ता भएको माग पत्र अनुसारको तलव लगायत अन्य सेवा सुविधा बारे शीघ्र उपलब्द्ध गराउनु पर्नेमा जोड दिनु भएको छ ।जनता प्रावि फुलवरियामा कार्यरत्त बालविकास शिक्षिका इन्दीरा महतोले सरकारले तोकेको तलव दिन नगरपालिकाले आनाकानी गर्नु गलत भएको बताउनु भयो ।“सरकारले तोकी दिएको पारिश्रमिक भन्दा कम पारिश्रमिकमा काम लगाउनु अन्याय हो । ” शिक्षिका महतोले भन्नु भयो “चाँडो भन्दा चाडो तोकिएको तलव उपलब्द्ध गराएर न्याय गरि दिनु प¥यो । ”हाम्रो माग चाँडै पुरा नभए हामी धर्नामा वस्नु वाहेक अर्को कुनै विकल्प नरहेको श्री प्रसाद माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका विनिता चौधरीले बताउनु भयो ।
सरकारले तोकेको भन्दा पनि कम तलवमा पुर्ण ईमान्दारी पुर्वक आफनो कत्व्र्य ठानेर पठन पाठन गराउँदै आएका छौं ।
“हाम्रो माग चाँडो भन्दा चाँडो सम्बोधन होस।” ज्ञापन पत्र वुझाउन नगरपालिका कार्यालय पुगेका शिक्षिका चौधरीले भन्नु भयो ।
औरही नगरपालिका प्रमुख प्रदिप कुमार खडकाले शिक्षिका, कास र सहयोगीहरुको माग चाँडै सम्बोधन हुने आश्वान दिनु भएको छ ।
आफु भर्खर निर्वाचित भएर आएको र यो समस्या पुरानो समयदेखि नै रहि आएकोले यसवारे वुझेर समाधानको उपाय चाडै खोज्ने नगरप्रमुख खडकाले बताउनु भएको छ ।आउँदो नगरपरिषदबाट समस्या सम्बोधन गर्ने गरि निकास निकाल्ने नगरप्रमुख खडकाले ज्ञापन पत्र वुझाउन गएका शिक्षक समक्ष प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।






