महोत्तरी- अपाङ्गता भएका व्यक्तिहरुको जिविकोपार्जनका लागि सीप तथा सामाग्री वितरण गरिएको छ ।
जलवायु परिवर्तन प्रभाव न्यूनीकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना अन्तर्गत समृद्ध नेपाल बर्दिवास र सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासको साझेदारीमा संचालित "अपाङ्गता भएका व्यक्तिहरुका लागि जलवायु परिवर्तन सम्बन्धि सचेतना कार्यक्रम" अन्तर्गत १० जना अपाङ्गता भएको व्यक्तिहरुलाई सामाग्री वितरण गरिएको समृद्धि नेपालका अध्यक्ष भीमबहादुर आलेले जनाए ।




