जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाले आव २०७९/८० काे लागि एक अर्ब ८० करोड ७१ लाख ४५ हजारको बजेट ल्याएको छ ।
शुक्रवार उपमहानगरपालिकाले नगरसभामा बजेट सार्वजनिक गरेको हो। उपमहानगरपालिकाले विनियोजन गरेको रकम मध्ये चालु खर्च रु १ अर्ब ७ करोड ४१ लाख २७ हजार र पुँजीगत खर्च ७३ करोड ३० लाख १८ हजार विनियोजन गरेको छ ।
उपमहानगरपालिकाले आर्थिक विकास तर्फ ४ करोड ५६ लाख, सामाजिक विकास तर्फ ६७ करोड ४२ लाख, पूर्वाधार विकास तर्फ ६४ करोड ६५ लाख, वन वातावरण तथा विपद व्यवस्थापन विकास तर्फ ५ करोड र सुशासन तथा संस्थागत विकास समिति तर्फ ४९ करोड ७१ लाख रुपैयाँ अनुमानित बजेट विनियोजन गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहले सो बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमा फोहरमैला व्यवस्थापन, शिक्षा, स्वास्थ्य, पर्यटन तथा नगर क्षेत्रको सुन्दरता प्रवद्र्धन, शिक्ष युवा तथा खेलकुद, रोजगारी सृजना तथा सहकारी, स्वास्य सेवामा सुधार एवं पहुँच, पूर्वधार तथा शहरी सौन्दर्य, वातावरण संरक्षण तथा हरियाली प्रर्वद्धन लगायतको नीति नगरसभाले लिएको छ ।
नगरभाको नीति तथा कार्यक्रम मेयर मनोजकुमार साहले प्रस्तुत गरेका छन् ।