महेन्द्रनगर- धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव सहितको प्राविधिक टोलीले उपभोक्ता समिति मार्फत भएको कामको गुणस्तरीयता मापनकाे लागि अनुगमनमा निस्किएका छन् । उनले शनिवार देखि सुरु गरेका अनुगमनमा पिसिसि ढलान लगायतको गुणस्तरियता चेक गर्न प्रयोग गरिने “रि बाउन्ड हेमर टेस्ट” मेसिन सहित खटिएको देखियो ।
असारे विकासको चटारोमा गुणस्तरीयहिन कामहरु भईरहेको व्यापक जनगुनासोपछि मेयर यादव गुणस्तरियता चेक गर्न प्रयोग गरिने “रि बाउन्ड हेमर टेस्ट मेसिन” सहित आफै फिल्डमा खटिएका हुन् ।
आज अन्तिम दिन भुक्तानीको समय हुँदा कामै नगरी भुक्तानी लिने प्रवृतिलाई अन्त्य गर्न मेयर यादव यी टेस्ट गर्ने मेसिन सहित आफै फिल्डमा खटेर अनुगमनमा निस्किएका हुन् ।
आर्थिक वर्ष २०७८-०८९ का विकास निर्माणका कामकाज सहित गुणस्तरीय, लागत अनुमान बमोजिम काम भएकोलाई निकासा गरिने र लागत अनुमान बमोजिम काम नहुनेको रकम निकासा नगरिने नगर प्रमुख यादवले बताए ।
अनुगमनमा निमित प्रमुख प्रशासकिय अधिकृत प्रमोद घिमिरे, लेखा सहायक विक्रम साह र प्राविधिकहरुको टोली खटिएका छन् ।


