धनुषा- ऐतिहासिक एवम् पवित्र भूमि भनिएको धनुषाधाम स्थित धनुष सागर पोखरी र धनुष मन्दिर सौन्दर्यकरण तथा सरसफाइ अभियान शनिबारदेखि प्रारम्भ भएको छ ।
स्थानीय युवाहरुको अगुवाईमा शनिबार धनुषाधामस्थित रहेको धनुष सागर पोखरी र धनुष मन्दिर क्षेत्र सौन्दर्यीकरणको लागि अभियान विधिवत शुभारम्भ गरिएको हो ।
धनुषाधाम नगरपालिकाकी उपमेयर बिध्या देवि भुजेलको हातबाट हिन्दु परम्परा अनुसार पुजाआजा गरी अभियान सुरु गरिएको हो ।
न्यूज ब्यूरोका पत्रकार एवम् रेडियो धनुषाधामका सँचालक समेत रहेका विनय कुमार यादवको सँयोजकत्वमा युवाहरुको टिमले धनुषसागर पोखरी र धनुषमन्दिर सौन्दर्यीकरण अभियान सँचालन गरेको छ ।
अभियानि युवाहरुको काम एकदम सराहनीय रहेको बताउँदै उपमेयर भुजेलले धनुषाधामस्थित धनुष सागर पोखरी र धनुषमन्दिरकै लागि खास पहिलो पटक यस्तो अभियान सँचालन भएको बताईन् ।
सो उद्घाटन कार्यक्रममा अचानक सरिक भएका बह्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष सितल साहले अभियानका संयोजक सदस्य समेत रहेका पत्रकार विनय यादवसँग उनीहरुको टिमको प्रशँसा गर्दै पोखरीमा रबर बोट (रबरको डुँगा) दिने प्रतिवद्धता जाहेर गरे ।
अभियान शुरुआत हुन लगतै स्थानीय वासिन्दाहरु एकदमै खुसी महसुस गरेका छ्न । मिथिला वाईल्ड लाईफ ट्रस्टका अध्यक्ष देब नारायण मण्डल अभियानमा सहभागी जनाउँदै यस धनुषाधाम पावन नगरीमा दैनिकको सयौं पर्यटक आउने गरेको हुँदा पर्यटकलाई समय धनुषाधाममा खर्चिने स्थानहरु नभएर समस्या हुँदै आएको थियो तर यश अभियानबाट लाभ हुने बिश्वास जनाए।
सो अभियानमा स्थानीय युवाहरुको व्यापक सहभागीता रहेको थियो ।
भोलि देखि निरन्तर प्रत्येक दिन शारीरिक ब्याम गर्ने समय पोखरी सरसफाइ नहुन्जेल सम्म दिने अभियानताहरु बताएका छ्न् ।




