बिबेक कुमार महतो,गौशाला । गौशाला नगरपालिकाले नदीजन्य पदार्थको बिक्रि वितरण तथा निकासीमा रोक लगाएका छन ।
आईतबार नगरपालिकले एक सुचना प्रकाशन गर्दै गौशाला नगरपालिका अन्तरर्गत रहेका मरहा खोला, बाँके खोला, सोनी खोला बिगत २ वर्ष देखि ठेक्का नलागेपनी क्रसर उद्योग र ढुंगा, गिट्टी ,वालुवा वासिंग सेन्टरहरुमा नदीजन्य पदार्थहरुको स्टक रहेको हुँदा हाल गौशाला नगरपालिकाबाट खोलाहरुमा भएको अवैध उत्खननको अनुगमन तथा क्रसर उद्योग, वासिंग सेन्टरहरुमा भएको स्टक चेकजाँच गर्ने भएकोले अर्को सूचना नआएजेल सम्मका लागि नदीजन्य पदार्थको बिक्रि वितरण तथा निकासमा रोक लगाएको गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ ।
साथै सूचनालाई अटेरी गरी नदीजन्य पदार्थ बिक्रि वितरण तथा निकासी कोहि कसैले गरेको पाईएमा प्रचालित कानुन बमोजिम कारवाही गरिने गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत वीरेन्द्रजंग थापाले जानकारी दिए ।




