
धनुषा । रक्तदान जिवनदानको अभियानमा दिनरात सक्रिय ब्लडफर नेपालको चौथो स्थापना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान जिवन दान, आज अरुको लागि भोली आफ्नो लागी भन्ने अभियानका साथ जनकपुरधामको जनकचौकमा रक्तदान, रगतको समुह परिक्षण तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।सो अवसरमा ५१ जनाले रक्तदान गरेको ब्लड फर नेपालले जनाएको छ ।
जसमा सुरक्षाकर्मीहरुले समेत रक्तदान गरेका हुन । बल्ड फर नेपालका धनुषा संयोजक बलराम प्रसाद गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य परमेश्वर साह, धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरे, सशत्र प्रहरी बलका प्रहरी निरीक्षक, बल्ड फर नेपालका संस्थापक अध्यक्ष सरोज कुमार महतो, केन्द्रीय सचिव निर्जला तिमिल्सिना, बोर्ड मेम्बर अविनाश सिंह राजपुत, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष निरज साह, वडा नं ११ का वडा अध्यक्ष अर्जुन कुमार चौधरी सहितको उपस्थिती थियो ।
ब्लड फर नेपाल धनुषा टिमले तिन दिवसीय विभिन्न कार्यक्रम गरि चौथो स्थापना दिवस मनाएको संयोजक गुप्ताले बताए । कार्यक्रमको आयोजनहरुमा ब्लड फर नेपालको धनुषा सह–संयोजक ऋषिकेश झा, सरताज हुसैन, श्याम साह, बलराम साह, ज्याहुल राइन, अजय झा, लगायतका दर्जनौ सदस्य र स्वयंसेवक सक्रिय रुपमा सहभागी थियो ।