महोत्तरी(औरही) - महोत्तरीको औरही नगरपालिमा नागरिकता विधेयक पारित भएकोमा खुशीयालीमा दिप प्रज्वलन गरि खुशियालाी मनाइएकाे छ। प्रतिनिधिसभाले २०७२ साल असोज ३ भन्दा अघि जन्मका आधारमा नागरिकता लिएका बाबु र आमाका सन्तानले अब वंशजका आधारमा नागरिकता पाउने बाटो खुला गरिदिएको छ ।
संविधान जारी भएपछि त्यस अनुसार नागरिकता कानून संशोधन नभएका कारण नागरिकता पाउन बञ्चितहरुले अब नागरिकता पाउने भएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले विधेयक पारित गरेको विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएपछि यो कानून कार्यान्वयनमा आउने छ ।

औरही नगरपालिका वडा नम्बर १ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालद्वारा नागरिकता विधेयक पारित भएकोमा खुशीयाली मानाइदै दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेका छन्। औरही नगरपालिका १ का वडा सदस्य सुशील साहको सक्रियतामा र औरही नगरपालिका लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता दरेश यादवले औरही नगरपालिका अवस्थित औरही बजारमा दिप प्रज्वलन गरेका थिए ।
कार्य्रक्रममा बोल्ने वक्ताहरुले स्थापना दिवसको अवसरमा शुभकामना दिदै ‘पार्टी बलियो बनाउन लोकतान्त्रिक समाजवादी पार्टीका युवाहरु एकजुट र बलियो हुनुपर्ने बताए । उक्त कार्यक्रम औरही नगरपालिका वडा नम्बर १ का वडा सदस्य,नगरका नेताकार्यकर्ता,स्थानीय लगायत ब्यापारी वर्गहरुको सहभागीता रहेकाे थियो ।




