जनकपुरधाम- स्रोत नखुलेको करिब २४ लाख रूपैयाँ सहित एक भारतीय नागरिकलाई धनुषा प्रहरीले पक्राउ गरेका छन् ।
जनकपुरधाम स्थित प्रहरी चौकी हनुमाननगर धनुषाबाट खटिएको प्रहरी टोलीले विशेष सूूचनाका आधारमा सोमबार साँझ ५ बजे उनलाई पक्राउ गरेको हो ।
धनुषाको जनकपुर–१२ कुवाँस्थित महादेव मन्दिरनजिकै लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको बीआर३२एजे०१७० नम्बरको भारतीय मोटरसाइकलमा आएका भारतको मधुवनी घर भएका वर्ष १९ का अब्दुल समीबाट स्रोत नखुलेको नेपाली नगद २३ लाख ८९ हजार चार सय ८० रुपैयाँ बरामद गरेको हो ।
निजलाई उक्त नगद रुपैयाँसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।




