धनुषा- विदेशबाट फर्किएका नेपालीहरु युवाहरुलाई नेपाल सरकारले दिदै आएको रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमबारे असोज १ गते वीरगंजमा पत्रकारहरुसंग साक्षात्कार गरेको छ ।
असोज १ गते शिक्षा पत्रकार समुहको आयोजनामा आयोजित पत्रकारहरुसंगको साक्षात्कार कार्यक्रममा नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्वमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम(युएनडिपी) युरोपियन युनियनको आर्थिक सहायतामा मधेश प्रदेश र लुम्बिनी प्रदेशका एक हजार पाँच सय युवाहरुलाई सिपमुलक तालिम प्रदान गरिदैछ ।
युएनडिपीका मुकुन्द मणि खनालले सीप विकास तालिमका लागि कषि, निमार्ण र पर्यटन क्षेत्र पहिचान भएको बताए । परियोजनाले बैदेशिक रोजगारीबाट फर्किएका एक हजार पाँच सय युवाहरुलाई ३० दिने कतिपय तालिम सम्पन्न भएको र तालिम प्राप्त व्यक्तिले काम समेत पाएको बताए ।
परियोजनाले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट मान्यता प्राप्त निजी क्षेत्रका तालिम सेवा प्रदायक संस्था, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका आंगिक शिक्षालयमार्फत यूवाहरुलाई तालिमको व्यवस्थापन गरिएको छ ।
हालसम्म रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत पाँच सय उन्नाइस जनाले तालिम सम्पन्न गरेको र चार सय छपवन्न जना युवाहरुले तालिमकै क्रममा रहेको बताए ।
शिक्षा पत्रकार समुहले आयोजना गरेको पत्रकारहरुसंगको साक्षात्कार कार्यक्रममा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीेले वैदेशिक रोजगारीबाट फर्किएका नेपाली युवाहरुलाई स्थानिय स्तरमा उत्पादन तथा वितरण प्रणालीमा आवद्ध गराई सामाजिक र आर्थिक रुपमा पुनः समायोजनका निम्ति परियोजना संचालन गरिएको बताए । परियोननाले कोभिड–१९ का कारण विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका नेपाली युवाहरुसंग भएका सीप पहिचान गरि आवश्यकताको आधारमा तालिम दिने, प्रमाणिकरण गर्ने, स्वरोजगारमुखी बनाउन उपकरण समेत प्रदान गर्ने उद्धेश्य लिएर परियोजना संचालन गरिएको सचिव सुवेदीले बताए । उनले युवाहरुले आर्जनको सीपअनुसार स्वरोजगारमुखी हुन सकेको खण्डमा वैदेशिक रोजगारीमा जानबाट केही हदसम्म रोकिने बताए । वैदेशिक रोजगारीमा जाने यूवाहरुको दुःख दर्द आफुले महसुस गरेको बताए । कुनै पनि व्यक्ति रहरले खाडी देश नजाने गरेकाले नेपालमै समेत मेहनत र सीपको सदुपयोग गरि रोजगारमुखी हुन सक्ने सपना बुनेका यूवाहरुको लागि एक नमुना परियोजनाको रुपमा स्किल्स परियोजना सुरु भएको बताए ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सह सचिव डा. हरि लम्सालले तालिम प्राप्त गरेका र तालिम लिदै गरेका यूवाहरुको जागरुक्कताले गर्दा आफु पनि उत्साही भएको बताए । तालिम सेवा प्रदायक संस्थाहरुमा समेत अनुगमन गर्ने र भए गरेका गतिविधीहरुलाई संचारमाध्यममा प्रकाशन प्रशासन यो स्किल्स परियोजनालाई खवरदारीको हिसावले समेत आम जनमास माझ पुप्याउन हुन आग्रह गरे । यो तालिमले बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई रोजगारमुखी सीप दिएपछि स्वरोजगारमुखी हुने बताए ।
सिटिइभीका डायरेक्टर दिपक पौडलले नेपालमा श्रम र श्रमिकलाई सम्मान गर्ने चलन नभएको बताए । श्रमलाई सम्मान गर्ने परिपाटीको विकास गर्न विद्यालय शिक्षादेखि नै सुरुवात गरिनुपर्ने बताए । उनले आफुले तालिम लिदै गरेका यूवाहरुलाई तालिम सेन्टरमा अनुगमनको क्रममा भेट्दा उत्साही अवस्था देखेको बताए । तालिम सेन्टरमा अनुगमनलाई अझै सशक्त बनाउनुपर्ने बताउँदै यसमा स्थानिय सरकार र पत्रकारहरुको कलम समेत अगाडी बढाउनुपर्ने बताए ।
शिक्षा पत्रकार समुहका अध्यक्ष कृष्ण मल्लले नेपाल सरकारले सुरु गरेको रोजगारमुलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमले वैदेशिक रोजगारीबाट फर्किएका यूवाहरुलाई स्वरोजगारमुखी बनाउने बताए । यो परियोजना नेपाल सरकारलगायत तालिम सेवा प्रदायक संस्था र तालिम लिने यूवाहरुसंग जोडिएका यसबाट भएका सकारात्मक पक्ष र सुधार गर्नुपर्ने पक्षबारे समेत संचारमाध्यमबाट प्रकाशन र प्रशारण गरि आम जनतालाई जागरुक्क गराउनुपर्ने बताए ।
जय किसन बहु प्राविधिक शिक्षालय रौतहटका प्रिन्सिपल धनुज यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सिटिइभीका सदस्य सचिव जिवनारायण यादव , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, युएनडिपीका मुकुन्द मणि खनाल, मधेश प्रदेशका धनबहादुर चन्द, वीरगंज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण, नाटाका मधेश प्रदेशका बरिष्ठ उपाध्यक्ष विनोद कुमार चौधरी, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधवलाल राजपाल, छाला प्रशोधन उद्योग संघका महासविच मो.जुनेद इफतिकार, पत्रकार, उद्योग, तालिम सेवा प्रदायक संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको शिक्षा पत्रकार समुहका मधेश प्रदेश संयोजक दिपेन्द्र प्रसाद सिंहले बताए ।