धनुषा- जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले कृषि सडकको अनुगमन गरेका छन् ।
नगर प्रमुख साहले बिहीवार उपमहानगरपालिकाको वडा नं. २० स्थित देवपुरादेखि घांघर नदीसम्म पर्ने कृषि सडक खण्डको अनुगमन गरेका हुन । त्यहाँका किसानहरुलाई कृषि कार्यमा सरलता प्रदान गर्न तथा उत्पादनलाई सहज र सरल ढंगले बजारसम्ँम पुर्याउन कृषि सडक मर्मत र निर्माण गर्न अनुगमन गरिएको हो ।
उनले पुरानो कृषि सडक अतिक्रमणमुतm बनाई त्यसको संरक्षणका लागि स्थानीयले घच्घचाइरहनुपर्नेमा जोड दिँदै कृषि सडकका लागि बजेटको अभाव नहुने स्थानीयलाई आश्वासन दिएका छन् ।
नगर प्रमुख साहले नगरपालिकाका कृषि क्षेत्रमा पनि सडक निर्माणले नगरपालिकाको सौन्दर्य बढ्दै गएको बताएका छन । सडक नहुंदा स्थानीय किसानहरु घरमा बाली भित्र्याउन तथा कृषि कर्मका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए । सो सडकमा ठुलो कल्भर्ट नभई पश्चिमतिरको खेतमा कृषि औजार पुग्न नसकेर ठुलो क्षति व्योहोर्नु परेको छ । चाडै कल्भर्ट निर्माण गरी कृषि कार्यलाई सहज बनाईने उनले बताए ।