महोत्तरी । महोत्तरीको मईस्थान – सम्सी सडक खण्डमा श्रावन महिनामा मात्रै मोटरसाईकल दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ ।
गत श्रावन ४ गते गौशाला नगरपालिका वडा नम्बर २ गौशाला – सम्सी सडक खण्डमा नरसिंग पेट्रोल पम्प नजिकै दुई मोटरसाईकल एक आपसमा ठोकिदा औरही नगरपालिका २ बस्ने २४ वर्षीय बिबेक यादवको घटना स्थल मै मृत्यु भएको थियो ।
सोही दुर्घटनामा गौशाला नगरपालिका– ४ रजखोर बस्ने २५ वर्षीय कृष्ण यादवको हात, खुट्टा र टाउकोमा चोटपटकलागी गम्भीर घाईते भई उपचारको लागि काठमाडौँ स्थित बी एण्ड बी अस्पतालमा उपचारकै क्रममा ११ दिन पछि (सोमबार) मृत्यु भएको छ ।
यस्तै, श्रावन १८ गते गौशाला नगरपालिका वडा नम्बर ४ सुर्तिविकास नजिक आज(बुधबार) बिहान करिव ८ बजेको समयमा सुर्तिविकासमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक गौशाला नगरपालिका वडा नम्बर ४ रजखोर बस्ने दिलिप सहनीको टाउकोमा घम्भिर चोट लागि घाइते भएको थियो । घाइते सहनी लाई उपचारका लागि जनकपुरधाम स्थित रहेको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
सुर्तिविकास नजिक रहेको एप्पल एकेडेमी बोडिंग स्कुलमा सहनी आफ्नो बच्चालाई पुर्याउन गइरहेको क्रममा सुर्तिबिकास बाटोमा रहेको गोलचक्कर नजिक माईस्थानबाट गौशाला तर्फ जादै गरेका ना.४ ख. ३३३९ नम्बरको छड लोड भएको ट्रकले सहनीको अन टेस्ट डिस्कोभर मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको थियो । दुर्घटनामा सहनीका बच्चा सामान्य घाइते भएका छन् ।
गौशालामा ट्रफिक प्रहरीको कार्यालय भएता पनि चालकको लापरबाही र ट्राफिक प्रहरीको नियमित जाँच नहुँदा दैनिकजसो यस्ता दुर्घटना निम्तिने गरहेको स्थानीयहरु बताउछन् ।




