महोत्तरी - ५ महिने गर्भवती महिलालाई कुटपिट गरी हत्या गरिएको छ। बारा जिल्लाको पचरौता न.पा. वडा नं ९ कुडवा टोलका हरेन्द्र प्रसाद साहकी २१ बर्षीय छोरी पुनम साहलाई विगत ५ वर्ष अघि समाजिक परम्परा अनुसार रौतहटको मौलापुर न.पा.को वडा नं ७ टोल संगैयाका सियाराम साहको छोरा रविन्द्र साह संग विवाह भएको थियो ।
रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको साक्षात्कार कक्षमा आज पत्रकार सम्मेलनमा मृतक पुनम २ वर्ष अघि गर्भवती भएकी वेला श्रीमान पक्षले अल्ट्रासाउण्ड गराई, गर्भ परिक्षण गराई बच्चा छोरी भएको जानकारी भएपछि मृतकलाई डरत्रास र धम्कीयाई गर्भपतन गर्न लगाएको थियो । तर त्यस बेला पनि मृतक साहले आफनो गर्भमा रहेको बच्चा गर्भपतन गर्न नमाने पनि ससुराली पक्षहरुले जर्बजस्ती गर्न लगाएको पीडितले बताएका छन ।
हाल दोश्रो पल्ट गर्भवती भएको बिषय खुशी हुदै आफनो श्रीमानलाई पुनमले बताए त्यसपछि पुनमको गर्भ भित्र के छ भनेर अल्ट्रासाउण्ड गराउन लगेपछि छोरी भएको थाहा पाई पुन : गर्भ तुहाउन दबाव दिन थाले तर मृतक पुनमले इन्कार गरे पछि ससुरा, सास र श्रीमान तथा घरको अन्य सदस्यहरुले लछार पछाड़ गरी सामुहिक हत्या गरि पछी पासो लगाई झुन्डयाइएको थियो ।
यही सावन १५ गतेका दिन बिहान लगभग ८ देखि १० बने भित्रमा हत्या गरी हामी माईती पक्षलाई राति ८ बजे १० घन्टाको अन्तरालमा जानकारी आए पश्चात हेर्न जादा मृतक बहिनी पुनम समक्ष हामीलाई प्रहरी र ससुरा पक्षका व्यक्तिहरुले पुग्न दिएन । मेरो बहिनीको झुन्डिएको अवस्था बनाई हामीलाई शबलाई पोष्टमार्टम गरेको समेत हेर्न दिएको छैन भनि मृतकका दाई पन्नालाल साहले पत्रकार सम्मेलनमा बताए ।
बहिनीलाई हत्या गरिएको ४ दिन वित्न सक्दा पनि न्यायका लागी हामीले जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा धाउदा पनि न्याय पाएको अवस्था नदेखिएको हुदा पिडित पक्षले गुनासो व्यक्त गरेका हुन ।
मृतक अवस्थामा बहिनीको जिउमा नाईटी लुगा रहेको थियो तर केही १० घण्टाको भित्रमा फरक—फरक ३ किसिमका लुगा फेरिएकोले यो आत्महत्या होईन मेरो बहिनीको हत्या नै भएको पुष्टिी हुदाहुदै ससुरा पक्षको प्रहरी प्रशासनमा राजनीतिक ठूलो पहुच भएको कारण हामीले जिल्ला प्रहरी कार्यालय गौरमा मुद्धा लिएर जदा कुनै प्रकारको सुनवाई नभईरहेको मृतकको दाई साहले गुनासो पोखेका छन ।




