धनुषा- जिल्ला प्रशासन कार्यालय धनुषाको कामकाज आज बन्द रह्ने भएको छ ।
जिप्रका धनुषामा कार्यरत प्रशासकिय अधिकृत वालविर ठाकुरको आज विहान असमायिक निधन भएकोमा कार्यालय शोकाकुल अवस्थामा रहेको हुँदा आजलाई कार्यालयको सम्पूर्ण कार्य स्थगित रह्ने कार्यालयले एक सुचना जारी गर्दै जनाएको छ।

अधिकृत ठाकुरको हृदयघातबाट निधन हुनुको साथै कार्यालय ८-९ जना कर्मचारीहरुमा भाइरल ज्वरोबाट संक्रमित भइ आइसोलेसनमा रहेको हुँदा आज एक दिनको लागि कार्यालयका सेवा बन्द रह्ने सुचनाबाट जानकारी दिइएको छ ।
ठाकुरको निधनबाट शिरीष प्रकाश समूह परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।



