काठमाडौं । पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका प्रदीप यादव निर्वाचित भएका छन् । नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्विवेदीलाई पाराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
यादव १ हजार ६ सय २० मत अग्तरले विजयी भएका हुन् । यादवले २२ हजार ५ सय ३७ मत पाउँदा द्विवेदीले २० हजार ९ सय १७ मत पाए ।
तेस्रो स्थानमा राप्रपाका किरणमान डंगोलले २ हजार ६ सय ५१ मत ल्याए भने सत्ता गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादीका नेता लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत पाए ।