जनकपुरधाम- प्रदेश र प्रतिनिधि सभा चुनावकाे मुखमा नेकपा एकीकृत समाजवादी ( एस) का धनुषा जिल्ला वरिष्ठ उपाध्यक्ष सहित दर्जनाै नेता कार्यकर्ता द्वारा पार्टी परित्यागकाे घाेषणा गरेका छन्।
नेता शर्माले पार्टीबाट राजिनामा दिदैं मंसिर ४ मा हुने निर्वाचनमा प्रदेश सभा सदस्यमा धनुषाकाे क्षेत्र नं ४ ख बाट उम्मेदवारी दिने घाेषणा समेत गरेका छन्।



शर्माले आज बिहान मिथिला नगरपालिकामा पत्रकार सम्मेलनकाे आयोजना गरि पार्टी परित्यागको घोषणा गरेका हुन्।
नेता शर्मा सहित २५ जना जिल्ला कमिटि सदस्यहरु एकै साथ पार्टी परित्यागकाे घाेषणाा गरेका हुन्।
शर्माले २५ जिल्ला कमिटि सदस्य र सयौं नगरकमिटि सदस्यहरु सामुहिक रुपमा पार्टी परित्याग गरेकाे जनाए ।
त्यसैगरि क्रमिक रुपमा बटेश्वर सहितका पालिकाहरुमा समेत पार्टी परित्यागको घोषणा हुने उनले जनाए।
शर्माले जुन उद्देश्यले पार्टी गठन भयो त्यस हिसावले चल्ने नदेखेर साथै अवसरका लागि मात्र पार्टी र पार्टीका नेतृत्व प्रयोग भइरहेको देखेर पार्टीमा भविष्य नहुने भएकाले परित्याग गरेकाे र एमालेमा फर्किने विषयमा पनि सामुहिक सहमती र निर्णय पछि मात्र निश्कर्षमा लाग्ने बताए ।
उनले देश र समाज परिवर्तनकाे लागि युवाहरू राजनीति र नेतृत्वमा आउनु पर्ने आवश्यकता भएको हुँदा र युवाहरूकाे एउटा ठूलाे जमातकाे आग्रहमा आफले प्रदेशकाे लागि उम्मेदवारी दिने निधाे गरेको बताए।
उनले भने, `अहिले हामी संग विभिन्न पार्टीहरूले प्रस्ताव गरिरहेकाे भए पनि आस्था, विचार र सिद्धान्त तथा उचित स्थान दिने पार्टीमा मात्र प्रवेश गर्ने छाैं।´
उहाँले त्यस्ताे अवस्था आए एक स्वतन्त्र समूह खडा गरेर उम्मेदवारी दिने समेत बताए।
यसरी चुनावकाे मुखमा नेकपा एसकाे धनुषा जिल्लामा राम्रो पकड भएका तथा सामुदायिक वन उपभोक्ता समूह मधेस प्रदेश अध्यक्ष समेत रहेका नेता शर्मा सहितका टिमले पार्टीको परित्याग गर्दा ठूलाे झड्का लागेकाे छ।




