महोत्तरी- जनता समाजवादी पार्टी नेपालले महोत्तरी क्षेत्र नं ४ बाट प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारको नाम सिफारिस गरेको छ ।
जसपाका क्षेत्र नं ४ का अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा आज बसेको बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको लागि डा सुरेन्द्र यादव र समानुपातिक तर्फ श्री प्रसाद यादवको नाम सिफारिस गरेको छ ।
त्यस्तै प्रदेश सभा क्षेत्र नं ४ 'क' को लागि प्रत्यक्ष तर्फ रामबाबु प्रसाद यादव, राजनारायण यादव, लक्ष्मीनारायण यादव र सोनेलाल यादव तथा समानुपातिक तर्फ राजकुमार यादव ,रामेश्वर यादव ,महेन्द्रकुमार राय, विभा कुमारी, सीता शरण यादव ,अजयकुमार यादव , शिव दुलारी यादव, संगीता यादव र ठजुरा मोमिनको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी क्षेत्र नं ४ 'ख' बाट प्रत्यक्ष तर्फ अशोक यादव, राजकिशोर यादव, डा रिना यादव र सरोज सिंह कुशवाहा तथा समानुपातिक तर्फ अरुणकुमार यादव, अनिता देवी यादव, दिपक गुडु , पुनम देवी यादव, विजयकुमार यादव, सुरेशकुमार यादव, उर्मीला देवी यादव, सुर्यकला देवी सदा र रेनुका सिंहलाई प्रदेशसभा सदस्यको लागि सिफारिस गरिएको छ।